Skip to main content

Posts

Showing posts from 2017

पिएम कप सँग केपी ओली रुस्ट

राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।

बिनोद भण्डारीलाई रन बनाउन देउ !!!

विगत लामो समयदेखि सामाजिक सञ्जालमा सागर पुनपछि सबै भन्दा बढि आलोचित खेलाडी हुन् बिनोद भण्डारी । आफ्नो हार्ड हिटिंग बाट नेपालका बिभिन्न प्रतिद्वन्दी देशहरुलाई खेल जिताउदै आएका बिनोद जारी EPL मा त झनै बढी आलोचना खेपिरहेको छन् जून पूर्णत गलत छ । जारी EPL कै कुरा गरौ जब जब बिनोद ब्याटिंग गर्न आउछन् बलरहरु सीधै बल स्टम्पमा हान्छन् र आउट गरिदिन्छन् । अन्य समयमा स्टम्पमा धेरै पर पर बल फालिरहेका बलरहरु बिनोदको आगमन सँगै स्टम्पमा नै प्रहार गर्नुले बलर हरूको असहयोगको रुपमा र गम्भीर षडयंत्रको रुपमा लिन सकिन्छ । त्यस्तै कहिले काही झुक्किएर बलले बिनोदको ब्याटमा लागेर उचाई लिरहेको बेला अर्थात झुक्कीएर नै सही छक्का हुन लागिरहेको बेला फिल्डरले बल समातीदिन्छन् र आउट गरिदिन्छन् । यो पनि फिल्डरको असहयोग र षड्यंत्र नै हो । त्यस्तै ब्याटमा बलले छोएर गुडेर मैदान बाहिर जादै गर्दा फिल्डरले बल रोकिदिने र एक त चौका हुन नदिने अनि अर्को तर्फ फिल्डरले बल रोकेर बिनोदलाई नै रन आउट बनाइदिने गर्नु पनि बिनोदलाई सफल हुन नदिने षडयंत्रको रुपमा लिन सकिन्छ । बलर फिल्डर लगायतको असहयोग हुदा हुदै क्रिकेट जारी राख्नु बिनोदको...

नेपाल U19 विरुद्ध अफगानिस्तान U19 क्रीकेटको संक्षिप्त इतिहास

चिरपरिचित प्रतिद्वन्दी नेपाल र अफगानिस्तान मलेसियामा जारी ACC Under-19 Asia Cup को फाइनल प्रवेशका लागि शुक्रबार किनररा ओवल क्रीकेट मैदानमा भिड्दै छन् । नेपालले भारतलाई र अफगानिस्तानले पाकिस्तानलाई स्तब्ध पारी सेमिफाइनलमा भिड्दै गर्दा उपाधिका दाबेदार मानिने भारत र श्रीलंका भने पहिलोपटक समूह चरणबाटै बाहिरिएका छन् । नेपाल समूह A को दोश्रो र अफगानिस्तान समूह B को पहिलो स्थानमा रहँदै सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपाल र अफगानिस्तान दुई टिम मध्येबाट एक टिम फाइनलमा जाने निश्चित हुँदा दुवै टिमका लागि इतिहास कोर्ने मौका भएकाले सबैको नजर शुक्रबार हुने सेमिफाइनलमा केन्द्रित रहेको छ । यसअघि नेपाल U19 र अफगानिस्तान U19 नौ पटक भिडेका छन् । जसमा अफगानिस्तानले छ र नेपालले तिनपटक बाजि मारेको छ । अफगानिस्तान U19 ले नेपाल U19 सँगका पछिल्ला चार खेल जित्दै आएको छ । शुक्रबार खेल हुन लागेको किनररा ओवल क्रीकेट मैदानमै नेपाल U19 ले दस वर्ष अगाडि अफगानिस्तान U19 लाई पराजित गर्दै ACC U19 Elite Cup उचालेको थियो । यसरी आजभन्दा अगाडि नेपाल U19 र अफगानिस्तान U19 बिच भएका नौ वटै म्याचको नतिजा यसप्रकार रहेका छ...

SHOULD PARAS RETIRE?

Not An Article On The Current Happening (October 13,2017) Surfing Through The Internet After Nepal ‘s Loss Against Hongkong  By Marginal Runs , I Came Across Many Controversial Question About Paras Khadka And Nepali Team. Disappointment In Fans After A Loss Is An Obvious Thing. But What Bothered Me Is People Asking For Paras’s Retirement . How Can People Say Such A Harsh Thing To The Man Who Has Been Consistently Making Nepal And Nepalese Proud With The Help Of His Leadership And Playing Since Nearly A Decade Now ? He Along With Pubudu Pulled Real Hard To Get Nepal From Division 5 To Maiden World Cup Despite Many Conflicts And Poorest Services And Facilities. But After The World Cup And Pubudu’s Departure Nepali Cricket Is Diminishing. Well That’s Pretty Apparent As We Have Come To Different Level Of Playing But The Facilities, Services , Training Our Player Are Getting Is Still The Same . We Are Still Playing With Local Clubs Of Nepal And Being Proud After The Victory ...

नेपाली यू-१९ टोलीका नयाँ अनुहार !

यहि सेप्टेम्बर ८ देखि १७ तारिक सम्म मलेसियामा हुने एसीसी यू-१९ एसिया कपको पूर्बी क्षेत्र छनौट खेल्ने नेपाली टोली सार्वजनिक भैसकेको छ! टोलिमा केहि नया अनुहार पर्न सफल भएका छन् भने, केहि यसअघि यू-१९ विश्वकपको एसिया क्षेत्रिय छनौट खेलेका खेलाडी छन्!   को छन् त नयाँ अनुहार यसपटकको नेपाली टोलीमा ? नन्दन यादब : नेपाली यू-१९ टोलीले सन् २०१६ मा श्रीलंकामा यू-१९ एसिया कप खेल्दाका मुख्य तिब्र गतिका बलर हुन् नन्दन यादब!उनि नया अनुहार नभए पनि चोटका कारण यू-१९ विश्वकपको एसियन छनौट खेल गुमाएका यादबले, यसपटक टोलीमा पुनरागमन गरेका हुन्! यू-१९ एसियाकपमा श्रीलंका बिरुद्धको खेलमा यादबले, ब्याटिंगतर्फ पनि दिपेन्द्र सिंह ऐरीको राम्रो साथ निभाएका थिए! बिक्रम भुसाल : बिक्रम कुमार भुसाल नेपाली उन्नाइस बर्षमुनिको राष्ट्रिय टोलीमा नयाँ नाम हो! दायाँ हाते लेग स्पिन बलर भुसालले केहि महिनाअघि सम्पन्न रुस्लान कपमा उत्त्क्रिसठ प्रदर्शन गरेका थिए! आफ्नो लेग स्पिन र अन्य विविधताका लागि भुसाल चिनिने गरिन्छन्! उनले बलिंगमात्र नभै केहि खेलमा आफ्नो टोलीलाई ब्याटिंगले पनि खेल जिताएका छन्! सन्दीप जोह्रा :...

शक्ति गौचनले विश्व क्रिकेट लीगका २ खेल गुमाउने!

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान स्पिनर शक्ति गौचनले विश्व क्रिकेट लीग अन्तर्गत हंगकंग बिरुद्धको खेल गुमाउने भएका छन्! पाइल्सको समस्याले ग्रषित भएका कारण गौचनले यो खेल खेल्न नसक्ने भएका हुन्! आफ्नो स्वास्थ्यमा सुधार नआएपछी, शक्तिले हंगकंग बिरुद्धको प्रारम्भिक टोलीबाट आफ्नो नाम फिर्ता लिएका हुन्! केहि समय देखि नै शक्तिलाई पाइल्सको समस्या देखिएको थियो!  शक्तिले हंगकंग विरुद्धको खेलका लागि छनौट भएको प्रारम्भिक टोलीबाट आफ्नो नाम फिर्ता लिनका लागि मुख्य प्रशिक्षक जगत टमाटा र टोलीका टेक्निकल एनालिस्ट रमण शिवाकोटीलाई जानकारी गराएका छन्! उनि भन्छन्, "म खेल्न नसक्ने हैन, तर महत्वपुर्ण खेलमा रिस्क लिन चाहन्न!" शक्ति गौचनले जारि विश्व क्रिकेट लीगमा ९ इन्निन्ग्स मा ४.१९ को इकोनोमी ले बलिंग गर्दै ५ विकेट लिएका छन्! नेपालले हंगकंग बिरुद्ध २ खेल खेल्दै छ, दुवै खेल हंगकंग मा हुनेछन्!

"आई.सी.यु मा रहेको नेपाली क्रीकेटलाई भेन्टिलेटरमा राखेर मृत घोषणा गर्न पर्खिनुपर्ने हुन्छ"

नेपाली क्रीकेटमा रहेको राजनीतिको वर्तमान अवस्था र भविष्य बारे विश्लेषक सौरभ आचार्यसँग मिम क्रीकेट नेपालको लागि प्रशान्त पौडेलले गरेको कुराकानीको यो अंस तपाईंको लागि, तपाईंको नजरमा क्रीकेट के हो? -एउटा खेल नै हो । खेलाडीको कि राजनीतिको खेल हो? -यसमा दुइवटा कुरा हुन्छ । क्रिकेट खेल्ने मात्र सोच भएकाहरुलाई खेलाडीको खेल हो । क्रिकेटमा सधै म हुनुपर्छ भन्ने सोच हुनेहरूको लागि राजनीतिको खेल हो । नेपालको सन्दर्भमा यसबारे तपाईंको कस्तो प्रतिक्रिया छ? -नेपाली क्रिकेटमा दुइवटा फरक मनस्थिति छ खेलाडी र क्रिकेटको प्रशाशक हु भन्नेहरु दुबैमा । एकथरी खेलाडी र प्रशासकको सोच क्रिकेटको लागि निस्वार्थ रुपमा केहि गरौ भन्ने छ भने अर्काथरीको सोच क्रिकेटको विकाश होस् या नहोस् तर आफ्नु नाम सधै होस् भन्ने छ । यही दुइ मनस्थिति विचको टकरावको स्थिति हो नेपाली क्रिकेटको वर्तमान अवस्था । नेपाली क्रीकेटको एस्तो स्थितिको जिम्मेवार आखिर को? -यसको जिम्मेवार आफु नै क्रीकेटमा रहनुपर्छ भन्ने मानसिकताको हो । यही मानसिकता परिवर्तन गर्न सकियो भने मात्र नेपाली क्रिकेट अघी बढ्न सक्छ । तपाईंजस...

टेस्ट क्रिकेटको नयाँ वरियता सार्वजनिक

क्रिकेट को सबैभन्दा कठिन विधाको रुपमा लिइने टेस्ट प्रतियोगिता अन्तरगतको प्लयेर्स र्‍याङ्कीङ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ( ICC) ले आज सार्वजनिक गरेको छ। नयाँ र्‍याङ्कीङ का अनुसार टेस्ट ब्याट्समेन तर्फ शिर्ष स्थानमा अष्ट्रेलियाका कप्तान स्टेभिन स्मिथ कायम रहेका छन् । यसै गरि इङलिस क्रिकेट टिमको खम्बाको रुपमा मानिने युवा खेलाडी जोए रुट पछिल्लो र्‍याङ्कीङ झैँ यसपटक पनि दोश्रो स्थानमा यथावत् छन्। वर्तमान बिश्वक्रिकेट मा अनुभवि टेस्ट ब्याट्सम्यान मानिएका भारतका चेतेश्वर पुजारा एक स्थान माथी उक्लदै तेश्रो स्थानमा परेका छन्। पुजराले केहि दिन अगाडी मात्र श्रीलंका बिरुद्धको पहिलो तथा दोश्रो दुवै टेस्टमा शतक प्रहार गरेका थिए । न्युजिल्यान्ड का काप्तानका साथै उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका केन विलियमसन पछिल्लो समय तेश्रो स्थानमा रहेपनी , यस पटक पुजाराभन्दा पछि रहँदै चौथो नम्बरमा झरेका छन्।भारतका कप्तान विराट कोहली पहिलेको आफ्नै पाचौँ स्थानमा यथावत रहेका छन् भने भारतकै अजिंक्या रहाणे भने उत्कृष्ट प्रदर्शनको फलस्वरूप पहिले भन्दा पाँच स्थान माथी रहँदै छैठौँ स्थान मा उक्लिएका ...

सजिलो छैन नेपाली महिला क्रिकेट

विगत केहि बर्ष देखि नेपालमा पनि क्रिकेटको चाख अत्याधिक बढ्दै गएको पाइन्छ! यस्तो अवस्थामा महिला क्रिकेटप्रतिको रुचिपानी आम मानिसमा बढ्नु स्वभाविक नै हो! नेपाली महिला क्रिकेट टोलीले पनि बिगत लामो समय देखि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदै आएको छ! तर आज सम्मका धेरै प्रतियोगिता नेपाली महिला टोलीका लागि सहभागितामा मात्र सिमित भएका छन्! लगातार रुपमा महिला क्रिकेट टोलीको प्रदर्शन मा गिरावट आइरहंदा, महिला क्रिकेटमा लागेर यसमै आफ्नो भविष्य खोज्नेको पनि कमि छैन! यसै बिषयमा रहेर नेपाली महिला क्रिकेटलाई प्रतिनिधित्व गर्ने उधेश्य लिएर क्रिकेट खेल्न सुरु गरेकी क्षेत्रिय महिला क्रिकेट खेलाडी रविना भण्डारीसंग गरिएको कुराकानी जस्ताको तस्तै प्रस्तुत गरिएको छ! ·          नमस्कार रविना जी, सन्चै हुनुहुन्छ? नमस्कार, सन्चै छु! ·          क्रिकेटको यात्रा कसरि सुरु गर्नु भयो? नेपाली टोलीलाई प्रतिनिधित्व गर्ने सोच त राख्नु भएको छ होला? क्रिकेटको यात्रा स्कुलमा हुँदा बाट सुरु भएको हो! कक्षा ७ मा हुँदा स्कुलको टि...

An Open Letter To Binod Bhandari From His Fan

Dear Brother, As a big fan of Nepal Cricket Team as well as being one of your biggest fans from Nepal, representing all your fans and a Facebook group named ‘Cricket Analysis,’ I am writing this open letter to you with due respect. We know being an associate nation; it’s very tough to make it big as we lack necessary infrastructure. We haven’t got enough support from our cricket board as there is not enough matches for our boys to explore themselves. But whenever the matches of our team take place, we celebrate it like a festival and keep an eager wait for the matches. We even wait for games against local Indian clubs because it means a lot to us. On a match day, no other nation’s fans can match our excitement level whether the game is being held at Tribhuvan University Ground or abroad. Whenever our team plays outside Nepal, we don’t get chance to watch the match live on TV but it doesn’t decrease our excitement level as we switch to ESPNCricinfo and keep on refreshing th...

Everest Premier League To Feature Foreign Stars on Season 2

The second season of Everest Premier League has been set to lock horn from upcoming December. On a press met organized today at Hotel Annapurna, organizer has confirmed regarding the game structure and other clues of 2nd season of EPL. The second edition of EPL will take part in December at TU Int'l Cricket Ground, Kritipur with five sides competing each other. The changes have been made in team formation and new squad will be formed for each franchise. Also, there has been change in the teams taking part in the tournament.  The organizer has confirmed that the franchise taking part would be city based. Six city based franchise from all around the nation will be taking part on the second edition of the tournament. Kathmandu, Pokhara, Lalitpur, Bhairahawa, Biratnagar and Birgunj bare the six listed franchise. Earlier, the inaugural season of EPL had various corporate based franchises. Regarding the squad formation, 10 out of 15 players will be brought through the aucti...

सुबाश खकुरेलको स्वास्थ्यमा सुधार: पुर्णरुपमा ठिक हुन अझ केहि हप्ता लाग्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्समेन सुबाश खकुरेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ! १५ दिन अघाडी मोटरसाइकलबाट अल्झेर लडेका खकुरेलको बाजु फ्र्याक्च्र्र भएको थियो! हातमा समस्या आए पछी, खकुरेलको हातको शल्यक्रिया गरेर टाटिनम् प्लेट राखिएको छ! पहिले-पहिले यस्तो अवस्थामा स्टील राख्ने गरिएको भएपनि अहिले टाटिनम् प्लेटको प्रयोग बढेको छ! स्टीलको तुलनामा यो पद्दति केहि महँगो भएपनि सजिलो र आधुनिक भएकाले यहि उपचार प्रक्रिया अपनाइएको परिवार स्रोतले बताएको छ! क्यापिटल अस्पतालमा शल्यक्रिया गराएका खकुरेललाई पूर्ण रुपमा ठिक हुन अझै ६ देखि ८ हप्ता लाग्ने छ! अहिले खकुरेलको हातमा टाटिनम् प्लेट रहेको छ! महँगो उपचार पद्धति भएकोले अनुमानित ३ लाख खर्च हुने परिवार स्रोतले जनाएको छ! केहि समय अघाडी मात्र नेपाल पुलिस क्लबले खकुरेलको स्वास्थ उपचारमा सहयोग गर्ने उधेश्यले केहि सहयोग रकम उपलब्ध गराएको थियो! सुबाश खकुरेल नेपाली राष्ट्रिय क्रिकेट टोलीको विकेट-किप्पर ब्याट्समेनको भूमिका निभाउदै आएका छन्!खकुरेल, टि-ट्वान्टी अन्तरास्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने एकमात्र नेपाली हुन्! सन् २०१४ को...
यू-१९ विश्वकपमा नेपालको फुस्रो जित; मलेसिया ५ विकेटले पराजित  सिंगापुरमा जारी उन्नाइस बर्षमुनिको विश्वकपको  एसियन छनौटमा नेपालले आफ्नो चौथो जित हात पारेको छ! पाँचौ खेल खेल्ने क्रममा आज नेपालले चिर परिचित प्रतिद्वन्धि मलेसियालाई ५ विकेटले हराएको छ! सिंगापुर स्पोर्ट्स क्लबको मैदानमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको थियो! स्पिन अलराउन्डर पवन सर्राफ र ब्याट्समेन आसिफ सेइख बिना नै मैदान उत्रिएको नेपाली टोलिले सुरुवातमै मलेसियाको पहिलो विकेट लिएको थियो! तर दोस्रो विकेटका लागि मलेसियाका ब्याट्समेनले सम्हालिएर ब्याटिंग गर्दै ५८ रन जोडेका थिए! ५९/१ को स्थितिबाट मलेसिया ठुलो स्कोर बनाउने तर्फ अग्रसर हुदै थियो! तर मलेसियाको ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा नेपाली कप्तान सन्दीप लामिछानेले एक्लै ७ विकेट चट्काएपछी मलेसियाको ठुलो स्कोर बनाउने दाउ मात्र सोचमा सिमित रह्यो! प्रतियोगितामै आफ्नो बलिंगको जादु छर्दै आएका सन्दीपले आजको खेलमापनि ९.१ ओभर बलिंग गर्नेक्रममा १ मेडन राख्दै मात्र १३ रन खर्चेर ७ विकेट लिएका थिए! मलेसियाका ब्याट्समेनले लामिछानेको कुनै पनि ओभरमा खुलेर ब्या...

आशिफको रन खडेरि र दिपेन्द्रको एल बि डब्लु अफेयर

आसिफको रन खडेरी र दिपेन्द्रको एल बि डब्लु अफेयर! नेपालको उन्नाइस बर्षमुनिको युवा क्रिकेट टोलि यतिबेला सिंगापुरमा रहेको छ ! उन्नाइस बर्ष मुनिको विस्वकप को एसियन छनौट खेल्न नेपाली टोलि सिंगापुर पुगेको हो! जुलाई १५ देखि २८ सम्म सिंगापुरमा यू-१९ विस्वकपको एसियन छनौट संचालन भैरहेको छ! उन्नाइस वर्ष मुनिको नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्दै छन् भने अन्य खेलाडीहरुमा अनिलकुमार शाह , किशोर महतो , प्रकाश केसी , पवन सर्राफ , रिजन ढकाल , प्रनित थापा , शाहब आलम , मोहम्मद आसिफ सेइख , सन्दीप सुनार , ललित राजबंशी , रोहित कुमार पौडेल , आदील खान , र दिपेन्द्र सिंह ऐरी रहेका छन्! नेपालले यो प्रतियोगितामा २ खेल खेलिसकेको छ! आफ्नो पहिलो खेलमा आयोजक सिंगापुरलाई ४ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा भने मलेसियालाई ५ विकेटले पराजित गरेको थियो! प्रतियोगिता सम्पन्न हुँदासम्म अंकतालिका को शिर्ष स्थानमा पर्दै अर्को वर्ष हुने यू-१९ विस्वकपको टिकट पाउने आशाका साथ नेपाली टोलि सिंगापुर पुगेको हो! विस्वकप खेल्ने आशा लिएर सिंगापुर पुगेको नेपाली टोलिको बलिंग उच्चस्तरको भएपनि ब्याटिंगम...