Skip to main content

पिएम कप सँग केपी ओली रुस्ट

राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।

"आई.सी.यु मा रहेको नेपाली क्रीकेटलाई भेन्टिलेटरमा राखेर मृत घोषणा गर्न पर्खिनुपर्ने हुन्छ"

नेपाली क्रीकेटमा रहेको राजनीतिको वर्तमान अवस्था र भविष्य बारे विश्लेषक सौरभ आचार्यसँग मिम क्रीकेट नेपालको लागि प्रशान्त पौडेलले गरेको कुराकानीको यो अंस तपाईंको लागि,
तपाईंको नजरमा क्रीकेट के हो? -एउटा खेल नै हो । खेलाडीको कि राजनीतिको खेल हो?
-यसमा दुइवटा कुरा हुन्छ । क्रिकेट खेल्ने मात्र सोच भएकाहरुलाई खेलाडीको खेल हो । क्रिकेटमा सधै म हुनुपर्छ भन्ने सोच हुनेहरूको लागि राजनीतिको खेल हो ।
नेपालको सन्दर्भमा यसबारे तपाईंको कस्तो प्रतिक्रिया छ? -नेपाली क्रिकेटमा दुइवटा फरक मनस्थिति छ खेलाडी र क्रिकेटको प्रशाशक हु भन्नेहरु दुबैमा । एकथरी खेलाडी र प्रशासकको सोच क्रिकेटको लागि निस्वार्थ रुपमा केहि गरौ भन्ने छ भने अर्काथरीको सोच क्रिकेटको विकाश होस् या नहोस् तर आफ्नु नाम सधै होस् भन्ने छ । यही दुइ मनस्थिति विचको टकरावको स्थिति हो नेपाली क्रिकेटको वर्तमान अवस्था । नेपाली क्रीकेटको एस्तो स्थितिको जिम्मेवार आखिर को? -यसको जिम्मेवार आफु नै क्रीकेटमा रहनुपर्छ भन्ने मानसिकताको हो । यही मानसिकता परिवर्तन गर्न सकियो भने मात्र नेपाली क्रिकेट अघी बढ्न सक्छ । तपाईंजस्तो राजनीतिक कुरा गर्न सिपालु विश्लेषकले क्रीकेटको बारेमा गर्नुभएको कुरा पत्याउने आधार चैँ के नि? -क्रिकेटमा दलगत राजनीति भएको होइन र छैन । क्रिकेटका प्रशासक हु भन्नेहरूको आपसी राजनीतिको कारण नै नेपाली क्रिकेटको वर्तमान अवस्था पैदा भएको हो । मलाई के लाग्छ भने विगतमा नेपालमा सरकार परिवर्तन सँगै क्यान परिवर्तन हुनु दलहरूको राजनीति भन्दा पनि क्रिकेटको प्रशाशक हु भन्नेहरूको राजनीति नै हो । कुनै पनि सरकारले सोचेर वा बुझेर क्यानको अध्यक्ष कसैलाई बनाएको थिएन । वास्तवमा प्रशाशक हु भन्नेहरु मध्ये जसको निकटको सरकार बन्छ उनिहरु आफै आफ्नो लबिंग गर्न थाल्छन् र आफुलाई क्यान अध्यक्ष बनाउने गर्छन् । हो यसैलाई मैले आफु मात्र हुनुपर्छ भन्ने मानसिकता भनेको हो । त्यसैले म नेपाली क्रिकेटमा दलगत राजनीति छ भन्न चाहन्न र म नेपाली क्रिकेटमा आफै मात्र हुनुपर्छ भन्ने एउटा मानसिकता छ भन्ने गर्छु । र यही मानसिकताको कारण नै नेपाली क्रिकेट दुर्घटना तर्फ जादैछ । क्रीकेटमा आफै हुनुपर्छ भन्ने मानसिकताको कारण के होला?सबैको नजरमा परेको क्रीकेटमा आउने बजेट पचाउन त हैन? -सबैको नजर परेको भनिहाल्न मिल्दैन । सबैको नजर परेको त विगत ४/५ वर्ष मात्र हुदैछ तर नेपाली क्रिकेटको यो रोग धेरै अगाडिको हो । हो तपाईले भनेजस्तै पहिले चाही सबैको नजर नपरेको क्रिकेट क्षेत्रको बजेट पचाउने नै उद्देश्य हो र अहिले त्यतिबेलाको देखिको मानसिकता कायम छ । यस्तो डरलाग्दो समस्याको समाधान के हुन सक्छ? -समाधानको बाटो दुइ वटा हुन सक्छ । पहिलो बाटो भनेको उहाहरु ज-जसले यो मानसिकता बोक्नुभएको छ उहाहरुले आफुलाई सच्याउनु पर्यो र अब नेपाली क्रिकेटको विकाश बाहेक अरु केहि नसोचि काम गर्नेगरि आउनुपर्यो । तर यो पहिलो बाटो म चाही सम्भव देख्दिन त्यसैले आज सम्म नेपाली क्रिकेटको प्रशासकीय भूमिका निभएका सबैलाई अब क्रिकेट बाट पर राखेर दोश्रो विकल्पमा जाने हो । दोस्रो विकल्प चैँ के होला? -दोश्रो विकल्प भनेको पूर्व न्यायाधीशको नेतृत्वमा पूर्व खेलाडी , खेल पत्रकार, फ्यान क्लबहरुका प्रतिनिधि सम्मिलित एउटा समन्वय समिति बनाउने र उक्त समन्यव समितिले विधान अनुरूप जिल्ला अञ्चल क्षेत्र हुदै केन्द्र सम्मको निर्वाचन गर्ने र एकदमै नया नेतृत्वलाई नेपाली क्रिकेटको जिम्मा दिने । वर्तमान समयमा आफुलाई नेपाली क्रिकेटको ठेकेदार सोच्ने जो कोहि पुराना प्रशाशक बाट नेपाली क्रिकेटको विकास सम्भव छैन । पुरानो प्रशासनलाई सजाय नदिई नयाँ प्रशासन ल्याउँदा नयाँ प्रशासन पनि प्रभावकारी नहुने होकि? -पुराना प्रशासकलाई क्रिकेट बाट टाढा राख्ने । उनिहरुलाई सजाय भनेकै त्यही हो । नया प्रशासकहरुलाई नियममा राख्ने । देश अहिले संघीय प्रणालीमा गएको छ त्यसैले बढीमा ३ वर्ष संघीय क्रिकेटको नेतृत्वमा बस्न पाउने र बढीमा २ वर्ष केन्द्रीय क्रिकेटको नेतृत्वमा बस्न पाउने गरि बढीमा जम्मा ५ वर्ष मात्र क्रिकेटको नेतृत्व गर्न पाउने नियम बनाउन जरूरी छ । यसो गर्दा अब आउने नया नेतृत्वलाई काम गर्ने बनाउन सकिनेछ । यसका अतिरिक्त अरु के हुन जरुरी छ? -नेपाली क्रिकेटको उत्थान यतिले नै हुने होइन । यो त सुरुवाति चरण मात्र हो । यो भनेको घर बनाउन जग हालेको मात्र हो । बाकी सबै काम त्यसपछि सुरु हुने हो । तर के बाट र कहा बाट सुरुवात गर्ने भन्ने त फिक्स हुनुपर्यो । सुरुवात यहा बाट गर्ने हो । नेपाली क्रीकेट प्रति सरकारले खासै मतलब नगर्नुलाई तपाईं के भन्नुहुन्छ? -नेपाली अस्थिर राजनीतिमा सरकारले आफैलाई बचाउन सकिरहेको छैन उसले यो अस्थिर अवस्था धेरै ध्यान दिने अपेक्षा राख्नु नै गलत हुन्छ । आफैलाई बचाउन नसकेको सरकारले क्रिकेट बचाउन सक्दैन अहिले । क्रिकेटको निम्ति सरकारले गर्ने भनेको बजेट दिने नै हो तर त्यो खर्च गर्ने के मा भन्ने त क्रिकेट प्रशासकहरूको कुरा हो नी । त्यसैले सरकारले यो अवस्थामा केहि गरेन भन्ने पक्षमा म छैन । अहिलेको अवस्थाबाट नेपाली क्रीकेटको भविष्य कस्तो देख्नुहुन्छ? -त्यो त अब नया विधान जारी गरेपछि नै थाहा होला तर पुरानाहरूको भेला बाट गरिने र पुराना डेट एक्सपायर प्रशासकहरुलाई नै प्रशासनको जिम्मा दिएर अघी बढ्दा क्रिकेटको विकाश चाही नहोला जस्तो लाग्छ । जसरी डेट एक्सपायर औषधिको कारणले विरामीको ज्यान नै जान्छ त्यसरी नै अब पनि हामीले यि डेट एक्सपायर प्रशासकहरू नै रोज्यौ भने आईसीयू मा रहेको नेपाली क्रिकेटलाई भेन्टिलेटरमा राखेर मृत घोषणा गर्न पर्खिनुपर्ने हुन्छ ।

Comments

Popular posts from this blog

सागर र बिनोदका कारण एबीले लिए सन्यास

क्रीकेट जगतका स्टार खेलडी एबीडी भिल्लिअर्सले हाल्लै आफ्नो अधिकारिक फेस्बुक पेज मार्फत आफुले सन्यास लिएको घोषणा गरेका थिए उन्को सो निर्णयले सम्पूर्ण क्रीकेट जगत लाई नै दुखी तुल्याएको थियो उन्को सन्यासको कारण भने सागर र बिनोद हुन भन्ने सन्सनीपूर्ण खबर हामीलाई बिशेष स्रोत बाट प्राप्त भएको छ, एक चर्चित अन्लाईन मिडिया गरपरे ले एबी को सन्यास को कारण सन्दिप हुन भन्ने खबर सम्प्रेसण गरेतापनी त्यो पूर्णत बेठिक हो भन्ने हाम्रो ठमयाइ रहेको छ, हाल्लै भएको एक खेल मा नेपाल का चर्चित टेस्ट खेलडी : सागर र बिनोद को टोली ले २०० रन् बनाएको देखेर तरङ्गित बनेका एबी ले अन्तत आफु कम्जोर रहेको ठमयाउदै तुरुन्तै सन्यास को घोषणा गरेका हुन भन्ने खबर हामीलाई हाम्रो भर्पर्दो स्रोतले जानकारी दिएका छन उक्त खेलको तस्बिर एकतिर आर्सिबी प्लेअफ नपुगेको पिडा र अर्कोतिर सागर र बिनोदको आक्रमक पारीले एबीलाई पिरोलेको हुनसक्ने हाम्रो स्रोत को दाबी छ

ज्ञानेन्द्रबाट प्रभावित भई टेस्ट क्रीकेटबाट पीटरसनको सन्यास

नामिबियामा सम्पन्न डिभिजन दुई र जिम्बाब्वेमा भईरहेको विश्वकप क्रीकेट छनोटमा नेपालका ओपनर ज्ञानेन्द्र मल्लले लिस्ट ए क्रीकेटमै टेस्ट खेल्ने राष्ट्रका खेलाडीले भन्दा राम्रो टेस्ट क्रीकेटको नमुना देखाएर आफुलाई प्रमाणित गरिसकेपछी इङ्लिस खेलाडी केविन पिटरसनले अन्तरास्ट्रिय टेस्ट क्रीकेटबाट सन्यास लिएका छन् । लिस्ट ए क्रीकेटमै ज्ञानेन्द्रले गरेको टेस्ट क्रीकेटको प्रदर्शनबाट पिटरसन प्रभावित त भए र साथसाथै पिटरसनमा भित्रभित्रै आत्मग्लामी भएको कुरा पनि स्रोतले खुलाएको छ । अब नेपालले एकदिवसीय मान्यता पनि पाइसकेकाले आउँदा एकदिवसीय खेलमा ज्ञानेन्द्रले टेस्ट क्रीकेटको उच्च नमुना देखाउदै पिटरसनलाई अहिलेको भन्दा थप लाचार तुल्याउने भएकाले उनले तत्कालै सन्यास लिएको खबर गुप्तचर माध्यमबाट आएको हो । र रोचक कुरा त के छ भने उनले पहिले देखि नै बिनोद भण्डारी र सागर पुनको ब्याटिङलाई पनि नजिकबाट नियालीरहेका रहेछन् । तर एक्कासि बिनोद र सागरलाई टेस्टका खुनखार खेलाडी भनेर टिमबाट रेस्ट दिइएको समयमा भने पिटरसनलाई उतिबेला सन्यास लिन अनुपयुक्त लागेर बरु अहिलेका टेस्ट क्रीकेट खेल्ने ज्ञानेन्द्रले जतिसुकै सराहनी...

सनसनी फैलाउने खबर: सन्दीपसँग बाउ र दाइको दूरी बढ्दै

विशेष शुत्रका अनुसार सन्दीपसँग बाउ र दाइबिचको दुरी बढ्दै गएको खबर हामीलाई प्राप्त भएको छ । बिहिबार जिम्बाब्वे स्थित हरारे क्रीकेट मैदानमा नेपालले पपुवा न्युगीनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएपछी पपुवा न्युगीनीका बाउ र दाइ नाम गरेका ब्याट्सम्यान र सन्दीपसँगको दुरी बढ्दै गएको खबर प्राप्त भएको हो । नेपालले पपुवा न्युगीनीलाई हराउनुमा सन्दीपको बलिङ पनि महत्त्वपूर्ण बन्न पुगेको थियो। सन्दीपले बाउलाई ११ र दाइलाई ५ रनमै आउट गरेका थिए । पपुवा न्युगीनीका भरपर्दा खेलाडी बाउ र दाइको विकेटसँगै नेपालले जित्दै एकदिवसीय मान्यता पाउन सहज भएको थियो । टुर्नामेन्ट सकिएपछी पपुवा न्युगीनीका बाउ र दाइ पपुवा न्युगीनी तथा सन्दीप लामिछाने नेपाल आउने भएपछी उनीहरु बिचको समुन्द्र वारीपारीको दुरी झनै बढ्ने निश्चित छ ।

अब नेपालले कसरी एकदिवसीय मान्यता पाउँदै डिभिजन एकमा यथावत् रहन सक्छ ?

प्रश्न:- अब नेपालले कसरी एकदिवसीय मान्यता पाउँदै डिभिजन एकमा यथावत् रहन सक्छ ? उत्तर:- आइसीसीले नेदरल्यान्ड बाहेकका एशोसियट(स्कटल्यान्ड,हङकङ,नेपाल,पपुवा न्यु गीनी र युएई) मध्ये उत्कृष्ट तीन टिमलाई एकदिवसीय मान्यता दिने कुरा प्रस्टै खुलाएको छ । स्कटल्यान्ड र युएईले सुपर सीक्समा ठाउँ बनाइसकेकोले एक टिमको लागी मात्र एकदिवसीय मान्यता पाउने ठाउँ बाँकी रहेको छ। नेपाल र पपुवा न्यु गीनी तथा हङकङ र नेदरल्यान्ड बिच म्याच हुनेछ । - नेदरल्यान्ड र हङकङ बिचको म्याचमा नेदरल्यान्ड बिजयी भएमा पपुवा न्यु गीनी र नेपाल बिचको विजेता टोलीले एकदिवसीय मान्यता पाउनेछ । - नेदरल्यान्ड र हङकङ बिचको म्याचमा हङकङ विजयी भएमा हङकङले पपुवा न्यु गीनी र नेपालबिचको विजेतासँग खेल्नेछ । हङकङ विरुद्ध हुने सो म्याचमा विजेता हुने टोलीले मात्र एकदिवसीय मान्यता पाउनेछ  र डीभीजन एकमा यथावत् रहनेछ भने सो म्याचमा पराजित टोली र नेपाल र पपुवा न्यु गीनीबिचको म्याचमा पराजित हुने टोली डिभिजन दुईमा घटुवा हुनेछन् ।

आशिफको रन खडेरि र दिपेन्द्रको एल बि डब्लु अफेयर

आसिफको रन खडेरी र दिपेन्द्रको एल बि डब्लु अफेयर! नेपालको उन्नाइस बर्षमुनिको युवा क्रिकेट टोलि यतिबेला सिंगापुरमा रहेको छ ! उन्नाइस बर्ष मुनिको विस्वकप को एसियन छनौट खेल्न नेपाली टोलि सिंगापुर पुगेको हो! जुलाई १५ देखि २८ सम्म सिंगापुरमा यू-१९ विस्वकपको एसियन छनौट संचालन भैरहेको छ! उन्नाइस वर्ष मुनिको नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्दै छन् भने अन्य खेलाडीहरुमा अनिलकुमार शाह , किशोर महतो , प्रकाश केसी , पवन सर्राफ , रिजन ढकाल , प्रनित थापा , शाहब आलम , मोहम्मद आसिफ सेइख , सन्दीप सुनार , ललित राजबंशी , रोहित कुमार पौडेल , आदील खान , र दिपेन्द्र सिंह ऐरी रहेका छन्! नेपालले यो प्रतियोगितामा २ खेल खेलिसकेको छ! आफ्नो पहिलो खेलमा आयोजक सिंगापुरलाई ४ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा भने मलेसियालाई ५ विकेटले पराजित गरेको थियो! प्रतियोगिता सम्पन्न हुँदासम्म अंकतालिका को शिर्ष स्थानमा पर्दै अर्को वर्ष हुने यू-१९ विस्वकपको टिकट पाउने आशाका साथ नेपाली टोलि सिंगापुर पुगेको हो! विस्वकप खेल्ने आशा लिएर सिंगापुर पुगेको नेपाली टोलिको बलिंग उच्चस्तरको भएपनि ब्याटिंगम...

नेपाल U19 विरुद्ध अफगानिस्तान U19 क्रीकेटको संक्षिप्त इतिहास

चिरपरिचित प्रतिद्वन्दी नेपाल र अफगानिस्तान मलेसियामा जारी ACC Under-19 Asia Cup को फाइनल प्रवेशका लागि शुक्रबार किनररा ओवल क्रीकेट मैदानमा भिड्दै छन् । नेपालले भारतलाई र अफगानिस्तानले पाकिस्तानलाई स्तब्ध पारी सेमिफाइनलमा भिड्दै गर्दा उपाधिका दाबेदार मानिने भारत र श्रीलंका भने पहिलोपटक समूह चरणबाटै बाहिरिएका छन् । नेपाल समूह A को दोश्रो र अफगानिस्तान समूह B को पहिलो स्थानमा रहँदै सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपाल र अफगानिस्तान दुई टिम मध्येबाट एक टिम फाइनलमा जाने निश्चित हुँदा दुवै टिमका लागि इतिहास कोर्ने मौका भएकाले सबैको नजर शुक्रबार हुने सेमिफाइनलमा केन्द्रित रहेको छ । यसअघि नेपाल U19 र अफगानिस्तान U19 नौ पटक भिडेका छन् । जसमा अफगानिस्तानले छ र नेपालले तिनपटक बाजि मारेको छ । अफगानिस्तान U19 ले नेपाल U19 सँगका पछिल्ला चार खेल जित्दै आएको छ । शुक्रबार खेल हुन लागेको किनररा ओवल क्रीकेट मैदानमै नेपाल U19 ले दस वर्ष अगाडि अफगानिस्तान U19 लाई पराजित गर्दै ACC U19 Elite Cup उचालेको थियो । यसरी आजभन्दा अगाडि नेपाल U19 र अफगानिस्तान U19 बिच भएका नौ वटै म्याचको नतिजा यसप्रकार रहेका छ...