राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्समेन सुबाश खकुरेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ! १५ दिन अघाडी मोटरसाइकलबाट अल्झेर लडेका खकुरेलको बाजु फ्र्याक्च्र्र भएको थियो! हातमा समस्या आए पछी, खकुरेलको हातको शल्यक्रिया गरेर टाटिनम् प्लेट राखिएको छ! पहिले-पहिले यस्तो अवस्थामा स्टील राख्ने गरिएको भएपनि अहिले टाटिनम् प्लेटको प्रयोग बढेको छ! स्टीलको तुलनामा यो पद्दति केहि महँगो भएपनि सजिलो र आधुनिक भएकाले यहि उपचार प्रक्रिया अपनाइएको परिवार स्रोतले बताएको छ!
क्यापिटल अस्पतालमा शल्यक्रिया गराएका खकुरेललाई पूर्ण रुपमा ठिक हुन अझै ६ देखि ८ हप्ता लाग्ने छ! अहिले खकुरेलको हातमा टाटिनम् प्लेट रहेको छ! महँगो उपचार पद्धति भएकोले अनुमानित ३ लाख खर्च हुने परिवार स्रोतले जनाएको छ! केहि समय अघाडी मात्र नेपाल पुलिस क्लबले खकुरेलको स्वास्थ उपचारमा सहयोग गर्ने उधेश्यले केहि सहयोग रकम उपलब्ध गराएको थियो! सुबाश खकुरेल नेपाली राष्ट्रिय क्रिकेट टोलीको विकेट-किप्पर ब्याट्समेनको भूमिका निभाउदै आएका छन्!खकुरेल, टि-ट्वान्टी अन्तरास्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने एकमात्र नेपाली हुन्! सन् २०१४ को टि-ट्वान्टी विश्वकपमा अफ्घानिस्तान बिरुद्धको खेलमा उन्ले अर्धशतक प्रहार गरेका थिए


Comments
Post a Comment