राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।
क्रिकेटको सबैभन्दा कठिन विधाको रुपमा लिइने टेस्ट प्रतियोगिता अन्तरगतको
प्लयेर्स र्याङ्कीङ अन्तराष्ट्रिय क्रिकेट
काउन्सिल (ICC) ले आज सार्वजनिक
गरेको छ।नयाँ र्याङ्कीङका अनुसार टेस्ट ब्याट्समेन
तर्फ शिर्ष स्थानमा अष्ट्रेलियाका कप्तान स्टेभिन स्मिथ कायम रहेका छन्। यसै गरि इङलिस क्रिकेट टिमको खम्बाको रुपमा मानिने युवा खेलाडी जोए रुट
पछिल्लो र्याङ्कीङ झैँ यसपटक
पनि दोश्रो स्थानमा यथावत् छन्।वर्तमान बिश्वक्रिकेट मा अनुभवि टेस्ट ब्याट्सम्यान
मानिएका भारतका चेतेश्वर पुजारा एक स्थान
माथी उक्लदै तेश्रो स्थानमा परेका छन्। पुजराले केहि दिन अगाडी मात्र श्रीलंका बिरुद्धको पहिलो
तथा दोश्रो दुवै टेस्टमा शतक प्रहार गरेका थिए। न्युजिल्यान्डका
काप्तानका साथै उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका केन विलियमसन पछिल्लो समय
तेश्रो स्थानमा रहेपनी, यसपटक पुजाराभन्दा पछि
रहँदै चौथो नम्बरमा झरेका छन्।भारतका कप्तान
विराट कोहली पहिलेको आफ्नै पाचौँ स्थानमा यथावत रहेका छन् भने भारतकै अजिंक्या रहाणे भने उत्कृष्ट प्रदर्शनको फलस्वरूप
पहिले भन्दा पाँच स्थान माथी रहँदै छैठौँ स्थानमा उक्लिएका छन्।
टेस्ट प्रतियोगितामा आफुलाई उत्कृष्ट खेलाडी सावित
गर्दै आइरहेका इङ्ल्यान्डका ब्याट्समेन जोनी बेयरस्टो
पहिले भन्दा दुई स्थान माथी रहँदै सातौँ स्थानमा उक्लिएका
छन्।पाकिस्तानका विश्वसनीय टेस्ट ब्याट्सम्यान अजहर अली
आठौँ स्थानमा छन्।बलियो टिमको रुपमा हेरिने साउथ अफ्रीकाका लागि भने टेस्टमा हासीम
अमला एक स्थान उक्लँदै नवौँ स्थानमा रहंदा खतरनाक ओपनरको
रुपमा लिइने अष्ट्रेलियाका डेविड वार्नर भने तीन स्थान तल झर्दै दशौँ स्थानमा रहेका छन्।यसरी उत्कृष्ट दश टेस्ट ब्याट्सम्यानको सूचिमा
भारतबाट तिन,अष्ट्रेलिया र इङ्ल्यान्डबाट दुई साथै न्युजिल्यान्ड,साउथ अफ्रीका र
पाकिस्तानबाट समान एक खेलाडी अटाउन सफल भएका छन्।
उता उत्कृष्ट टेस्ट बलरको सुचिमा भने भारतीय
स्पिनर रभिंद्र जडेजा कायम रहेका छन्। जारि श्रीलंका बिरुद्धको टेस्ट मा उत्कृष्ट
बलिंग गर्दै आएका जडेजा शिर्ष स्थानमा भएपनि, अर्का भारतीय स्पिनर रभिचंद्रण
अश्विन भने आफ्नो पहिलेको स्थानभन्दा एक स्थान तल झर्दै तेस्रो स्थानमा परेका छन्।
इङ्ल्यान्डका तिब्र गतिका खतरनाक बलर जेम्स एंडर्सन भने दोश्रो स्थानमा उक्लिएका
छन्। चौथो स्थानमा अष्ट्रेलियाका जस् हेजलऊड रहंदा पाँचौ स्थानमा भने श्रीलंकाका
रंगना हेराथ रहेका छन्।
यस्तै अल राउण्डर् तर्फ भने भारतका रभिंद्र जडेजा शिर्ष स्थानमा
उक्लिएका छन्। उनले बंग्लादेशक शकिब अल हासानलाई पछि पारेका हुन्। शकिब अहिले दोश्रो स्थानमा रहेका छन्। तेश्रो स्थानमा भारतकै रभिचंद्रण अश्विन
छन् भने चौथो र पाँचौ स्थानमा क्रमश इङ्ल्यान्डका मोइन अलि
र बेन स्टोक्स रहेका छन्।


Comments
Post a Comment