राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।
यू-१९ विश्वकपमा नेपालको फुस्रो जित; मलेसिया ५ विकेटले पराजित
सिंगापुरमा जारी उन्नाइस बर्षमुनिको
विश्वकपको एसियन छनौटमा नेपालले आफ्नो चौथो
जित हात पारेको छ! पाँचौ खेल खेल्ने क्रममा आज नेपालले चिर परिचित प्रतिद्वन्धि
मलेसियालाई ५ विकेटले हराएको छ! सिंगापुर स्पोर्ट्स क्लबको मैदानमा नेपालले टस
जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको थियो! स्पिन अलराउन्डर पवन सर्राफ र
ब्याट्समेन आसिफ सेइख बिना नै मैदान उत्रिएको नेपाली टोलिले सुरुवातमै मलेसियाको पहिलो
विकेट लिएको थियो! तर दोस्रो विकेटका लागि मलेसियाका ब्याट्समेनले सम्हालिएर
ब्याटिंग गर्दै ५८ रन जोडेका थिए! ५९/१ को स्थितिबाट मलेसिया ठुलो स्कोर बनाउने
तर्फ अग्रसर हुदै थियो! तर मलेसियाको ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा नेपाली
कप्तान सन्दीप लामिछानेले एक्लै ७ विकेट चट्काएपछी मलेसियाको ठुलो स्कोर बनाउने
दाउ मात्र सोचमा सिमित रह्यो! प्रतियोगितामै आफ्नो बलिंगको जादु छर्दै आएका
सन्दीपले आजको खेलमापनि ९.१ ओभर बलिंग गर्नेक्रममा १ मेडन राख्दै मात्र १३ रन
खर्चेर ७ विकेट लिएका थिए! मलेसियाका ब्याट्समेनले लामिछानेको कुनै पनि ओभरमा
खुलेर ब्याटिंग गर्न सकेनन्! अन्तिमको ३१ रन जोड्न ९ विकेट गुमाएको मलेसियाले ३५.१
ओभरमा अल आउट हुन अघि ८९ रन मात्र बनाउन सक्यो!
"Sandeep Lamichhane is the leading wicket taker of the tournament"
९०
रनको झिनो विजय लक्ष्य लिएर मैदान उत्रिएको नेपाली टोलीले उत्कृस्ठ सुरुवात गर्यो!
८ ओभरको समाप्तिमा ३०/० को अवस्थामा रहेको नेपाली टोलीको मध्यक्रम भने
प्रतियोगितामा पुनः एकपटक चल्न सकेन! ३०/० को अवस्थाबाट थप १४ रन जोड्नेक्रममा
नेपालले आफ्ना ५ ब्याट्समेन गुमाउन पुग्यो! ४४ रनमा ५ विकेट गैसकेको समयमा ७
नम्बरमा ब्याटिंग गर्न आएका रोहित कुमार पौडेलले अर्का अनुभवी ब्याट्समेन
दीपेन्द्र सिंह ऐरीसंग साझेदारी गर्दै नेपाललाई बिजय लक्ष्यसम्म पुर्याएका थिए!
२२.२ ओभरमा ५ विकेट गुमाउदै ९२ रन बनाएर खेल आफ्नो पकडमा पारेपनि अब विश्वकपको
सपना भने नेपाली टोलिको लागि सक्किसकेको छ!
नेपालले प्रतियोगीतामा आफ्नो अन्तिम खेल भोलि
अफ्घानिस्तानसंग खेल्दै छ! आजै भएको अर्को खेलमा अफ्घानिस्तानले सिंगापुरलाई ठुलो
अन्तरले हराएसंगै नेपालको विश्वकप यात्रा भने अब लगभग टुंगिएको छ!

Comments
Post a Comment