राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।
आसिफको रन खडेरी र दिपेन्द्रको एल बि डब्लु अफेयर!
नेपालको उन्नाइस
बर्षमुनिको युवा क्रिकेट टोलि यतिबेला सिंगापुरमा रहेको छ! उन्नाइस बर्ष मुनिको विस्वकप को एसियन छनौट खेल्न नेपाली टोलि सिंगापुर
पुगेको हो! जुलाई १५ देखि २८ सम्म सिंगापुरमा यू-१९ विस्वकपको एसियन छनौट संचालन
भैरहेको छ! उन्नाइस वर्ष मुनिको नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्दै
छन् भने अन्य खेलाडीहरुमा अनिलकुमार शाह, किशोर महतो, प्रकाश केसी, पवन सर्राफ, रिजन ढकाल, प्रनित थापा, शाहब आलम, मोहम्मद आसिफ सेइख, सन्दीप सुनार, ललित राजबंशी, रोहित कुमार पौडेल, आदील खान, र दिपेन्द्र सिंह ऐरी रहेका छन्! नेपालले
यो प्रतियोगितामा २ खेल खेलिसकेको छ! आफ्नो पहिलो खेलमा आयोजक सिंगापुरलाई ४
विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा भने मलेसियालाई ५ विकेटले पराजित गरेको
थियो! प्रतियोगिता सम्पन्न हुँदासम्म अंकतालिका को शिर्ष स्थानमा पर्दै अर्को वर्ष
हुने यू-१९ विस्वकपको टिकट पाउने आशाका साथ नेपाली टोलि सिंगापुर पुगेको हो!
विस्वकप खेल्ने आशा लिएर सिंगापुर
पुगेको नेपाली टोलिको बलिंग उच्चस्तरको भएपनि ब्याटिंगमा भने समस्या देखिएको छ! गत
वर्ष काठमान्डौमा सम्पन्न एभेरेस्ट प्रेमिएर लीगको फाइनल खेलमा शतक प्राहार गरेका
आसिफ सेइख लगातार रुपमा रन बनाउनबाट चुकिरहेका छन्! आक्रामक स्वभावको ब्याटिंग
गर्न रुचाउने आसिफ, आफ्नो पारीको सुरवातबाट नै ठूला शट खेल्ने प्रयास गर्दा आफ्नो विकेट गुमाउन
पुगिरहेका छन्! एभेरेस्ट प्रेमिएर लीगको फाइनल खेलमा शतक प्रहार गरेपश्चात आसिफ
एकाएक चर्चामा आएका थिए! तर त्यसपछि उन्ले खेलेका कुनै पनि खेलमा सोचे अनुरुपको
प्रदर्शन गर्न सकेका छैनन्! पहिलो संस्करणको धनगडी प्रेमिएर लीगमा बिराटनगर
किंग्सको प्रतिनिधित्व गरेका उनले, केहि समय अगाडी श्रीलंकामा सम्पन्न उन्नाइस बर्ष
मुनिको एसिया कप र बंगलादेशमा सम्पन्न एसिसि इमार्जिंग टिम्स एसिया कपमा समेत
नेपाली पारीको सुरवात गरेका थिए! खराब फर्म मा रहेपनि फेरी नेपाली पारिको सुरवात
गर्ने जिम्मा उनलाई नै दिएको छ! नेपालले खेलेका ४ खेलमा पनि उनि सस्तैमा आउट भएका
थिए!
नेपाली ब्याटिंगका अर्का खम्बा हुन् दिपेन्द्र सिंह ऐरी! श्रीलंकामा सम्पन्न यू-१९ एसिया कपमा श्रीलंका बिरुद्धको खेलमा ९० रन प्रहार गर्दै नेपाललाई जितको मुख सम्म पुराएका ऐरी यस प्रतियोगितामा जानु अघि राम्रो लयमा रहे पनि सिंगापुर र मलेसियासंगका खेलमा भने खासै चल्न सकेनन्! यू-१९ एसिया कपमा श्रीलंका बिरुद्धको खेलमा ९० रन बनाएर नेपाललाई जितको लागि मात्र २ रन चाहिएको समयमा उनि एल बि डब्लु धरापमा परेका थिए! त्यस एता उनि धेरै पटक स्पिन बलर बिरुद्ध एल बि डब्लुको शिकार बनेका छन्! विशेस गरेर अफ् स्पिन बलरलाई लेग साइडमा खेल्ने कोसिस गर्दा उनले यो समस्या भोगिरहनु परेको छ! यहि कारणले गर्दा पनि उनले खुलेर आफ्नो खेल प्रस्तुत गर्न सकेका छैनन्! यो नेपाली टोलीको लागि शुभ संकेत भने होइन!
नेपालले प्रतियोगितामा २ खेल खेल्न बाकि छ! नेपालको सबै भन्दा महत्वपुर्ण खेल
भने जुलाई २५ मा अफघानिस्तान संग हुदै छ!
नेपालले प्रतियोगितामा अफघानिस्तान संग १ र मलेसियासंग १ खेल खेल्न बाँकि छ! आशा
गरौ आशिफ को रन खडेरी र दिपेन्द्र को एल बि डब्लु अफेयर चाडै अन्त्य होस् र नेपालले
विश्वकप सम्मको यात्रा तय गरोस्!

Comments
Post a Comment