राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।
विगत लामो समयदेखि सामाजिक सञ्जालमा सागर पुनपछि सबै भन्दा बढि आलोचित खेलाडी हुन् बिनोद भण्डारी । आफ्नो हार्ड हिटिंग बाट नेपालका बिभिन्न प्रतिद्वन्दी देशहरुलाई खेल जिताउदै आएका बिनोद जारी EPL मा त झनै बढी आलोचना खेपिरहेको छन् जून पूर्णत गलत छ । जारी EPL कै कुरा गरौ जब जब बिनोद ब्याटिंग गर्न आउछन् बलरहरु सीधै बल स्टम्पमा हान्छन् र आउट गरिदिन्छन् । अन्य समयमा स्टम्पमा धेरै पर पर बल फालिरहेका बलरहरु बिनोदको आगमन सँगै स्टम्पमा नै प्रहार गर्नुले बलरहरूको असहयोगको रुपमा र गम्भीर षडयंत्रको रुपमा लिन सकिन्छ । त्यस्तै कहिले काही झुक्किएर बलले बिनोदको ब्याटमा लागेर उचाई लिरहेको बेला अर्थात झुक्कीएर नै सही छक्का हुन लागिरहेको बेला फिल्डरले बल समातीदिन्छन् र आउट गरिदिन्छन् । यो पनि फिल्डरको असहयोग र षड्यंत्र नै हो । त्यस्तै ब्याटमा बलले छोएर गुडेर मैदान बाहिर जादै गर्दा फिल्डरले बल रोकिदिने र एक त चौका हुन नदिने अनि अर्को तर्फ फिल्डरले बल रोकेर बिनोदलाई नै रन आउट बनाइदिने गर्नु पनि बिनोदलाई सफल हुन नदिने षडयंत्रको रुपमा लिन सकिन्छ । बलर फिल्डर लगायतको असहयोग हुदा हुदै क्रिकेट जारी राख्नु बिनोदको निडरता र लगनशीलताको प्रतीक हो । यस्तै असहयोगको कारण यदि बिनोदले सन्यास लिए भने त्यसबाट अन्तराष्ट्रिय क्रिकेट जगत अझ भनौ हाम्रो भविष्यको प्रतिद्वन्दीहरु भुटान, चाइना, जर्मनी, हाइटीहरुलाई अपूरणीय क्षति हुने निश्चित छ । त्यसैले समयमा नै सचेत बनौ बिनोदलाई सहयोग गरौ बोल्ड नगरौ, क्याच नगरौ, रनआउट नगरौ, चौका छक्का हुन दिउ र बिनोदलाई रन बनाउन दियौ ।
written by: Saurav Acharya
https://www.facebook.com/cricketsaurav

Comments
Post a Comment