राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।
विगत केहि बर्ष देखि नेपालमा पनि क्रिकेटको चाख अत्याधिक बढ्दै गएको पाइन्छ! यस्तो अवस्थामा महिला क्रिकेटप्रतिको रुचिपानी आम मानिसमा
बढ्नु स्वभाविक नै हो! नेपाली महिला क्रिकेट टोलीले पनि बिगत लामो समय देखि
अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदै आएको छ! तर आज सम्मका धेरै
प्रतियोगिता नेपाली महिला टोलीका लागि सहभागितामा मात्र सिमित भएका छन्! लगातार
रुपमा महिला क्रिकेट टोलीको प्रदर्शन मा गिरावट आइरहंदा, महिला क्रिकेटमा लागेर
यसमै आफ्नो भविष्य खोज्नेको पनि कमि छैन! यसै बिषयमा रहेर नेपाली महिला क्रिकेटलाई
प्रतिनिधित्व गर्ने उधेश्य लिएर क्रिकेट खेल्न सुरु गरेकी क्षेत्रिय महिला क्रिकेट
खेलाडी रविना भण्डारीसंग गरिएको कुराकानी जस्ताको तस्तै प्रस्तुत गरिएको छ!
·
नमस्कार रविना जी, सन्चै हुनुहुन्छ?
नमस्कार, सन्चै छु!
·
क्रिकेटको यात्रा कसरि सुरु गर्नु भयो? नेपाली टोलीलाई प्रतिनिधित्व
गर्ने सोच त राख्नु भएको छ होला?
क्रिकेटको यात्रा स्कुलमा
हुँदा बाट सुरु भएको हो! कक्षा ७ मा हुँदा स्कुलको टिममा सुरुमा परेको थिएँ!
त्यसपछि बिस्तारै यू-१६ मा छनौट भएँ, त्यहाबाट त आफ्नो रुची पनि बढ्न थाल्यो!
क्रिकेटको सुरुवात त यसरी नै हो! र जहाँ सम्म नेपाली टोलीलाई प्रतिनिधित्व गर्ने
कुरा छ, त्यो सुरुवातका दिनहरुमा त थियो तर अहिले छैन! वा भनौं बिस्तारै मर्दै गयो
त्यो इच्छा!
·
अब सोच छैन भन्नाले? किन मार्नुभयो त इच्छालाई?
क्रिकेटमा आफ्नो प्रदर्शन
हेरेर मात्र टोलि छनौट हुने शुद्ध परम्परा टुटिसकेको रहेछ! टिममा पर्नको लागि माथि
ठूलाबडाको चलखेल हुँदो रहेछ! कि त पैसा तिरेर टिममा पर्नुपर्ने, कि त आफ्नो कोहि
नजिको मान्छे वा आफन्त हुनु पर्ने वा त अनैतिक कार्यमा संलग्न हुनपर्ने बाध्यता
देखेपछि मैले मेरो नेपाली टोलीलाई प्रतिनिधित्व गर्ने इच्छालाई मार्न बाध्य भएँ!
·
तपाईंले माथि जुनकुराहरु भन्नुभयो नि, त्यो सबै तपाईंले
भोग्नुभयो या त सुनेका हल्ला मात्र हुन्?
मैले यस्ता कुरा सुन्न त मा
भन्दा सिनियर दिदीहरुबाट अलिअलि सुनेको थिएँ तर यस्तो पनि हुन्छ र भनेजस्तो
लाग्थ्यो! जब मा क्याम्पमा परें त्यसपछि चाही सबै कुरा बुज्दै वा भनौं थाहापाउदैन
गएँ! टिममा पर्नकोलागी हामीले सोच्दै नसोचेको कार्य पनि गर्नापर्दो रहेछ! अनि पछि
थाहाभयो कि क्लोज क्याम्प त एउटा हात्तिको देखाउने दांत जस्तै मात्र रहेछ! टिम
चाहिं पहिले नै फिक्स भैसकेको हुँदो रहेछ! म त पहिलो पटक क्याम्पमा परेको थिएँ! तर
त्यहाँ धेरै जना यस्ता क्रिकेटरपनि हुनुहुन्थ्यो जो राष्ट्रिय टोलीमा पर्ने सबै
क्षमता छ, तर लामो समयदेखि क्याम्पबाट नै फर्किनु भएको थियो! र अन्त्य मा टोलीको
नाम प्रकाशित हुँदाचाहिं सबैजना छक्क नै भएका थियौं!
·
क्रिकेट प्रति सुरुवातमा त्यति धेरै झुकाब राख्नुभयो र
अहिले आएर भनी यसलाई बिस्तारै छाड्दै हुनुहुन्छ, कत्तिको गार्हो हुँदो रहेछ?
अँ, क्रिकेट भनेको एउटा लत नै हो र यो बसेपछि छुटाउन कति गार्होहुन्छ भनेर
एउटा खेलाडीलाई मात्र थाहाहुन्छ! सुरुमा जुनकुरामा लगियो त्यसलाई छाड्न त अवश्य नै
गार्हो नै हुन्छ!
·
थोरै बिषय परिवर्तन गर्न चाहें, तपाईंले क्षेत्रिय महिला
क्रिकेट खेलिसक्नु भएको छ! नेपालमा महिला क्रिकेटको घरेलु खेलहरु त्यतिधेरै
हुदैनन्! अहिले सम्मको घरेलु क्रिकेट खेल्दाको रमाइलो पल कुनलाई लिनुहुन्छ?
पक्कैपनि म्याच खेल्न पाउंदा सबै रमाइलो नै हुन्छ तर अझ त्यसमध्येको पनि बिशेस
पल भनेकोचाहीं, नेपालगन्ज विरुद्धको खेलमा अर्धशतक बनाएको थिएँ, र सो खेललाई मैले
नै पछि सुपर-ओभरमा जिताउन सकें! त्यो पल निकै रमाइलो लाग्छ! र क्षेत्रिय
क्रिकेटमापनि मध्यमान्चलबाट खेल्दाको सबै पल निकै रमाइलो थियो!
·
तपाईंको सुरुवाती दिनका कुरा गर्दा, स्कुलबाट क्रिकेट सुरु
गरेको भन्नुभयो! कहिलेबाट चाही क्रिकेटमै लगेर केहि गर्छु भनेर प्लान गर्नु भयो?
क्रिकेटमा सफलता मिल्दै गएपछि यो सोच मैले बनेको थिएँ! र एकदम प्रतिबद्ध भएर
लागेंपनी! पढाई, घरपरिवार सबै छाडेर लगियो! एस.एल.सी को समयमा पनि ट्रेनिंग छाडिन!
घरमा जो कोही पाहुना आएपनि अथवा अन्य कुनै कार्यक्रम हुँदा पनि मा क्रिकेटप्रति नै
लागिरहें! मेहेनत अनुसार छनौट हुँदैगएँ पनि र अन्तिममा क्लोज क्याम्पमा पुगेपछी
चाहिं सबै कुरा थाहाभयो र त्यहाबाट नै क्रिकेटमा रोजेको भविष्यपनि सकियो!
·
एक महिला भएर क्रिकेट प्रति आफ्नो भविष्य खोज्दैगर्दा
परिवार र साथीबाट सुरुवाती दिनहरुमा कस्तो प्रतिक्रिया पाउनुहुन्थ्यो?
परिवारबाट त धेरै सहयोग
थियो! बुवा,आमा र भाइ तीनैजना ले सहयोग गर्नुहुन्थ्यो! मेरो बाबाको त सपनापनि थियो
मलाई राष्ट्रिय टिममा परेको देख्न चाहने! तर विभिन्न कारणले गर्दा बाबाको सपना
पुरा हुन सकेन! यो कुराले गर्दा निकै दुख लाग्छ पनि! र साथीहरुले पनि राम्रो नै
भन्नुहुन्थ्यो! तर छरछिमेकबाट चाहिं निकै प्रेसर आउंथ्यो घरमा! किन छोरीलाई
बिगारेको, पढाई बिग्रिन्छ अन्य के के कुरा भन्नुहुन्थ्यो! तर यो सबैको वाबजुत
घरबाट चाहिं धेरै सहयोग थियो मलाई!
·
एकजना महिलालाई नेपाली समाजबाट बाहिर आएर माथिल्लो लेभलको क्रिकेट
खेल्ने इच्छा पुरा गर्न कत्तिको गार्हो हुन्छ? चाहे त्यो समाजले दिने प्रेसरले
गर्दा होस् वा अरु नै कुनै कारणले गर्दा होस्?
आफ्नो परिवारको पुर्ण साथ
भएपछि समाजको त कसले सुनेर बस्छ र! तर गार्हो भने धेरै हुन्छ!
·
र अन्त्यमा, अहिलेपनि नेपाली क्रिकेटमा लगेर भविष्य खोज्ने
महिला क्रिकेटरको संख्या धेरै छ! भर्खर आफ्नो क्रिकेट करियको सुरुवात गर्दै गरेका
त्यस्ता महिला क्रिकेटरलाई के भन्न चाहनुहुन्छ?
अहिले क्रिकेट बोर्ड नभएको कारणले गर्दा निकै गार्हो छ! र अब छिटै यो समस्या
समाधान भएमा विस्तारै सजिलो होला! त्यसैले क्रिकेट खेल्ने माहोल बनेमा भने राम्रो
नै हुन्छ!
·
कुराकानीको लागि यहाँको अमुल्य समयको प्रदान गर्नुभयो त्यसकोलागि
धन्यबाद!
तपाइलाई पनि धेरै धन्यबाद!


Comments
Post a Comment