राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।
नामिबियामा सम्पन्न डिभिजन दुई र जिम्बाब्वेमा भईरहेको विश्वकप क्रीकेट छनोटमा नेपालका ओपनर ज्ञानेन्द्र मल्लले लिस्ट ए क्रीकेटमै टेस्ट खेल्ने राष्ट्रका खेलाडीले भन्दा राम्रो टेस्ट क्रीकेटको नमुना देखाएर आफुलाई प्रमाणित गरिसकेपछी इङ्लिस खेलाडी केविन पिटरसनले अन्तरास्ट्रिय टेस्ट क्रीकेटबाट सन्यास लिएका छन् । लिस्ट ए क्रीकेटमै ज्ञानेन्द्रले गरेको टेस्ट क्रीकेटको प्रदर्शनबाट पिटरसन प्रभावित त भए र साथसाथै पिटरसनमा भित्रभित्रै आत्मग्लामी भएको कुरा पनि स्रोतले खुलाएको छ ।
अब नेपालले एकदिवसीय मान्यता पनि पाइसकेकाले आउँदा एकदिवसीय खेलमा ज्ञानेन्द्रले टेस्ट क्रीकेटको उच्च नमुना देखाउदै पिटरसनलाई अहिलेको भन्दा थप लाचार तुल्याउने भएकाले उनले तत्कालै सन्यास लिएको खबर गुप्तचर माध्यमबाट आएको हो ।
र रोचक कुरा त के छ भने उनले पहिले देखि नै बिनोद भण्डारी र सागर पुनको ब्याटिङलाई पनि नजिकबाट नियालीरहेका रहेछन् ।
तर एक्कासि बिनोद र सागरलाई टेस्टका खुनखार खेलाडी भनेर टिमबाट रेस्ट दिइएको समयमा भने पिटरसनलाई उतिबेला सन्यास लिन अनुपयुक्त लागेर बरु अहिलेका टेस्ट क्रीकेट खेल्ने ज्ञानेन्द्रले जतिसुकै सराहनीय टेस्ट क्रीकेट खेलेपनी टिममा परिरहनाले यहि समयमा सन्यास लिन उपयुक्त रहेकाले सन्यास लिएको खबर हामीलाई नाम नखुलाउने सर्तमा उनका निकटतम व्यक्तिले बताएका हुन् ।

Comments
Post a Comment