Skip to main content

Posts

Showing posts from August, 2017

पिएम कप सँग केपी ओली रुस्ट

राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।

नेपाली यू-१९ टोलीका नयाँ अनुहार !

यहि सेप्टेम्बर ८ देखि १७ तारिक सम्म मलेसियामा हुने एसीसी यू-१९ एसिया कपको पूर्बी क्षेत्र छनौट खेल्ने नेपाली टोली सार्वजनिक भैसकेको छ! टोलिमा केहि नया अनुहार पर्न सफल भएका छन् भने, केहि यसअघि यू-१९ विश्वकपको एसिया क्षेत्रिय छनौट खेलेका खेलाडी छन्!   को छन् त नयाँ अनुहार यसपटकको नेपाली टोलीमा ? नन्दन यादब : नेपाली यू-१९ टोलीले सन् २०१६ मा श्रीलंकामा यू-१९ एसिया कप खेल्दाका मुख्य तिब्र गतिका बलर हुन् नन्दन यादब!उनि नया अनुहार नभए पनि चोटका कारण यू-१९ विश्वकपको एसियन छनौट खेल गुमाएका यादबले, यसपटक टोलीमा पुनरागमन गरेका हुन्! यू-१९ एसियाकपमा श्रीलंका बिरुद्धको खेलमा यादबले, ब्याटिंगतर्फ पनि दिपेन्द्र सिंह ऐरीको राम्रो साथ निभाएका थिए! बिक्रम भुसाल : बिक्रम कुमार भुसाल नेपाली उन्नाइस बर्षमुनिको राष्ट्रिय टोलीमा नयाँ नाम हो! दायाँ हाते लेग स्पिन बलर भुसालले केहि महिनाअघि सम्पन्न रुस्लान कपमा उत्त्क्रिसठ प्रदर्शन गरेका थिए! आफ्नो लेग स्पिन र अन्य विविधताका लागि भुसाल चिनिने गरिन्छन्! उनले बलिंगमात्र नभै केहि खेलमा आफ्नो टोलीलाई ब्याटिंगले पनि खेल जिताएका छन्! सन्दीप जोह्रा :...

शक्ति गौचनले विश्व क्रिकेट लीगका २ खेल गुमाउने!

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान स्पिनर शक्ति गौचनले विश्व क्रिकेट लीग अन्तर्गत हंगकंग बिरुद्धको खेल गुमाउने भएका छन्! पाइल्सको समस्याले ग्रषित भएका कारण गौचनले यो खेल खेल्न नसक्ने भएका हुन्! आफ्नो स्वास्थ्यमा सुधार नआएपछी, शक्तिले हंगकंग बिरुद्धको प्रारम्भिक टोलीबाट आफ्नो नाम फिर्ता लिएका हुन्! केहि समय देखि नै शक्तिलाई पाइल्सको समस्या देखिएको थियो!  शक्तिले हंगकंग विरुद्धको खेलका लागि छनौट भएको प्रारम्भिक टोलीबाट आफ्नो नाम फिर्ता लिनका लागि मुख्य प्रशिक्षक जगत टमाटा र टोलीका टेक्निकल एनालिस्ट रमण शिवाकोटीलाई जानकारी गराएका छन्! उनि भन्छन्, "म खेल्न नसक्ने हैन, तर महत्वपुर्ण खेलमा रिस्क लिन चाहन्न!" शक्ति गौचनले जारि विश्व क्रिकेट लीगमा ९ इन्निन्ग्स मा ४.१९ को इकोनोमी ले बलिंग गर्दै ५ विकेट लिएका छन्! नेपालले हंगकंग बिरुद्ध २ खेल खेल्दै छ, दुवै खेल हंगकंग मा हुनेछन्!

"आई.सी.यु मा रहेको नेपाली क्रीकेटलाई भेन्टिलेटरमा राखेर मृत घोषणा गर्न पर्खिनुपर्ने हुन्छ"

नेपाली क्रीकेटमा रहेको राजनीतिको वर्तमान अवस्था र भविष्य बारे विश्लेषक सौरभ आचार्यसँग मिम क्रीकेट नेपालको लागि प्रशान्त पौडेलले गरेको कुराकानीको यो अंस तपाईंको लागि, तपाईंको नजरमा क्रीकेट के हो? -एउटा खेल नै हो । खेलाडीको कि राजनीतिको खेल हो? -यसमा दुइवटा कुरा हुन्छ । क्रिकेट खेल्ने मात्र सोच भएकाहरुलाई खेलाडीको खेल हो । क्रिकेटमा सधै म हुनुपर्छ भन्ने सोच हुनेहरूको लागि राजनीतिको खेल हो । नेपालको सन्दर्भमा यसबारे तपाईंको कस्तो प्रतिक्रिया छ? -नेपाली क्रिकेटमा दुइवटा फरक मनस्थिति छ खेलाडी र क्रिकेटको प्रशाशक हु भन्नेहरु दुबैमा । एकथरी खेलाडी र प्रशासकको सोच क्रिकेटको लागि निस्वार्थ रुपमा केहि गरौ भन्ने छ भने अर्काथरीको सोच क्रिकेटको विकाश होस् या नहोस् तर आफ्नु नाम सधै होस् भन्ने छ । यही दुइ मनस्थिति विचको टकरावको स्थिति हो नेपाली क्रिकेटको वर्तमान अवस्था । नेपाली क्रीकेटको एस्तो स्थितिको जिम्मेवार आखिर को? -यसको जिम्मेवार आफु नै क्रीकेटमा रहनुपर्छ भन्ने मानसिकताको हो । यही मानसिकता परिवर्तन गर्न सकियो भने मात्र नेपाली क्रिकेट अघी बढ्न सक्छ । तपाईंजस...

टेस्ट क्रिकेटको नयाँ वरियता सार्वजनिक

क्रिकेट को सबैभन्दा कठिन विधाको रुपमा लिइने टेस्ट प्रतियोगिता अन्तरगतको प्लयेर्स र्‍याङ्कीङ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ( ICC) ले आज सार्वजनिक गरेको छ। नयाँ र्‍याङ्कीङ का अनुसार टेस्ट ब्याट्समेन तर्फ शिर्ष स्थानमा अष्ट्रेलियाका कप्तान स्टेभिन स्मिथ कायम रहेका छन् । यसै गरि इङलिस क्रिकेट टिमको खम्बाको रुपमा मानिने युवा खेलाडी जोए रुट पछिल्लो र्‍याङ्कीङ झैँ यसपटक पनि दोश्रो स्थानमा यथावत् छन्। वर्तमान बिश्वक्रिकेट मा अनुभवि टेस्ट ब्याट्सम्यान मानिएका भारतका चेतेश्वर पुजारा एक स्थान माथी उक्लदै तेश्रो स्थानमा परेका छन्। पुजराले केहि दिन अगाडी मात्र श्रीलंका बिरुद्धको पहिलो तथा दोश्रो दुवै टेस्टमा शतक प्रहार गरेका थिए । न्युजिल्यान्ड का काप्तानका साथै उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका केन विलियमसन पछिल्लो समय तेश्रो स्थानमा रहेपनी , यस पटक पुजाराभन्दा पछि रहँदै चौथो नम्बरमा झरेका छन्।भारतका कप्तान विराट कोहली पहिलेको आफ्नै पाचौँ स्थानमा यथावत रहेका छन् भने भारतकै अजिंक्या रहाणे भने उत्कृष्ट प्रदर्शनको फलस्वरूप पहिले भन्दा पाँच स्थान माथी रहँदै छैठौँ स्थान मा उक्लिएका ...

सजिलो छैन नेपाली महिला क्रिकेट

विगत केहि बर्ष देखि नेपालमा पनि क्रिकेटको चाख अत्याधिक बढ्दै गएको पाइन्छ! यस्तो अवस्थामा महिला क्रिकेटप्रतिको रुचिपानी आम मानिसमा बढ्नु स्वभाविक नै हो! नेपाली महिला क्रिकेट टोलीले पनि बिगत लामो समय देखि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदै आएको छ! तर आज सम्मका धेरै प्रतियोगिता नेपाली महिला टोलीका लागि सहभागितामा मात्र सिमित भएका छन्! लगातार रुपमा महिला क्रिकेट टोलीको प्रदर्शन मा गिरावट आइरहंदा, महिला क्रिकेटमा लागेर यसमै आफ्नो भविष्य खोज्नेको पनि कमि छैन! यसै बिषयमा रहेर नेपाली महिला क्रिकेटलाई प्रतिनिधित्व गर्ने उधेश्य लिएर क्रिकेट खेल्न सुरु गरेकी क्षेत्रिय महिला क्रिकेट खेलाडी रविना भण्डारीसंग गरिएको कुराकानी जस्ताको तस्तै प्रस्तुत गरिएको छ! ·          नमस्कार रविना जी, सन्चै हुनुहुन्छ? नमस्कार, सन्चै छु! ·          क्रिकेटको यात्रा कसरि सुरु गर्नु भयो? नेपाली टोलीलाई प्रतिनिधित्व गर्ने सोच त राख्नु भएको छ होला? क्रिकेटको यात्रा स्कुलमा हुँदा बाट सुरु भएको हो! कक्षा ७ मा हुँदा स्कुलको टि...

An Open Letter To Binod Bhandari From His Fan

Dear Brother, As a big fan of Nepal Cricket Team as well as being one of your biggest fans from Nepal, representing all your fans and a Facebook group named ‘Cricket Analysis,’ I am writing this open letter to you with due respect. We know being an associate nation; it’s very tough to make it big as we lack necessary infrastructure. We haven’t got enough support from our cricket board as there is not enough matches for our boys to explore themselves. But whenever the matches of our team take place, we celebrate it like a festival and keep an eager wait for the matches. We even wait for games against local Indian clubs because it means a lot to us. On a match day, no other nation’s fans can match our excitement level whether the game is being held at Tribhuvan University Ground or abroad. Whenever our team plays outside Nepal, we don’t get chance to watch the match live on TV but it doesn’t decrease our excitement level as we switch to ESPNCricinfo and keep on refreshing th...