Skip to main content

Posts

Showing posts from December, 2017

पिएम कप सँग केपी ओली रुस्ट

राजधानीमा जारी पिएम कप अर्थात प्रधानमन्त्री कप प्रति केपी ओली रुस्ट छन भन्ने खबर हामीलाई हाम्रा बिशेष स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली कपको नामलाई लिएर आक्रोसित् बनेका हुन् । ओलीले पिएम कप को नाम फेर्न गोप्य निर्देसन समेत दिएको खबर हाम्रो स्रोतले खुलाएको छ । ओली कपको नाम डल्ला फ्याक्ने प्रतियोगिता हुनुपर्ने अडानलाई फाइनल चरणमा पुर्याउने क्रममा पुगेका छन् ।

बिनोद भण्डारीलाई रन बनाउन देउ !!!

विगत लामो समयदेखि सामाजिक सञ्जालमा सागर पुनपछि सबै भन्दा बढि आलोचित खेलाडी हुन् बिनोद भण्डारी । आफ्नो हार्ड हिटिंग बाट नेपालका बिभिन्न प्रतिद्वन्दी देशहरुलाई खेल जिताउदै आएका बिनोद जारी EPL मा त झनै बढी आलोचना खेपिरहेको छन् जून पूर्णत गलत छ । जारी EPL कै कुरा गरौ जब जब बिनोद ब्याटिंग गर्न आउछन् बलरहरु सीधै बल स्टम्पमा हान्छन् र आउट गरिदिन्छन् । अन्य समयमा स्टम्पमा धेरै पर पर बल फालिरहेका बलरहरु बिनोदको आगमन सँगै स्टम्पमा नै प्रहार गर्नुले बलर हरूको असहयोगको रुपमा र गम्भीर षडयंत्रको रुपमा लिन सकिन्छ । त्यस्तै कहिले काही झुक्किएर बलले बिनोदको ब्याटमा लागेर उचाई लिरहेको बेला अर्थात झुक्कीएर नै सही छक्का हुन लागिरहेको बेला फिल्डरले बल समातीदिन्छन् र आउट गरिदिन्छन् । यो पनि फिल्डरको असहयोग र षड्यंत्र नै हो । त्यस्तै ब्याटमा बलले छोएर गुडेर मैदान बाहिर जादै गर्दा फिल्डरले बल रोकिदिने र एक त चौका हुन नदिने अनि अर्को तर्फ फिल्डरले बल रोकेर बिनोदलाई नै रन आउट बनाइदिने गर्नु पनि बिनोदलाई सफल हुन नदिने षडयंत्रको रुपमा लिन सकिन्छ । बलर फिल्डर लगायतको असहयोग हुदा हुदै क्रिकेट जारी राख्नु बिनोदको...